advertisement

त्यस्तै, जर्मनी, टर्की, रसिया, इरान, ब्राजिल, चीन, क्यानाडा, बेल्जियम, नेदरल्याण्ड्स, पोर्चुगललगायतका मुलुकहरुमा पनि हजारौंले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन्, भने लाखौं संक्रमित भएका छन् ।

हालसम्म नेपालमा पनि संक्रमितहरुको संख्या ८२ जना पुगिसकेको छ । जसमध्ये १६ जना निको भइसकेका छन् । ६६ जनामा भाइरस सक्रिय छ ।

" /> विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ५८ हजार ३३८ पुग्यो, ३७ लाख बढी संक्रमित - Sarbocha Media

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ५८ हजार ३३८ पुग्यो, ३७ लाख बढी संक्रमित

`

     २०७७ वैशाख २४ गते ३:२५

काठमाडौं, २४ बैशाख । प्राणघातक कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ५८ हजार ३३८ पुगेको छ । यसैबीच संक्रमितको संख्या ३७ लाख २७ हजार ८०२ जना पुगेका छन् ।

वल्र्डोमिटर्सको ताजा अपडेट अनुसार हालसम्म संक्रमितहरुमध्ये १२ लाख ४२ हजार ३४७ जनाले कोरोनालाई जितिसकेका छन् । त्यस्तै, १५ लाख ६८५ वटा कोरोनाका केसहरु बन्द भइसकेका छन्, भने २२ लाख २७ हजार ११७ वटा कोरोनाका केसहरु सक्रिय छन् ।

यो समाचार तयार गर्दासम्म कोरोना संक्रमणका कारण सबै भन्दा बढी अमेरिकामा ७२ हजार २७१ ले ज्यान गुमाइसकेका छन्, भने संक्रमितको संख्या १२ लाख ३७ हजार ६३३ पुगेको छ । यसैबीच २ लाख ६२८ जनाले कोरोनालाई जितिसकेका छन् ।

त्यस्तै, इटालीमा पनि ज्यान गुमाउनेको संख्या २९ हजार ३१५ पुगेको छ । त्यस्तै, संक्रमितको संख्या २ लाख १३ हजार १३ पुुगेको छ, भने निको हुनेहरुको संख्या ८५ हजार २३१ पुगेको छ ।

यता स्पेनमा पनि ज्यान गुमाउनेको संख्या २५ हजार ६१३ पुगेको छ । २ लाख ५० हजार ५६१ संक्रमित पुगेका छन् । यसैबीच १ लाख ५४ हजार ७१८ जना निको भइसकेका छन् ।

यसैक्रममा यूकेमा पनि ज्यान गुमाउनेको संख्या २९ हजार ४२७ पुगेको छ । संक्रमितको संख्या १ लाख ९४ हजार ९९० जना पुगेको छ ।

यता फ्रान्समा २५ हजार ५३१ ले ज्यान गुमाएका छन्, भने १ लाख ७० हजार ५५१ जना संक्रमित पुगेका छन् । जसमध्ये ५२ हजार ७३६ जना निको भइसकेका छन् ।

advertisement

त्यस्तै, जर्मनी, टर्की, रसिया, इरान, ब्राजिल, चीन, क्यानाडा, बेल्जियम, नेदरल्याण्ड्स, पोर्चुगललगायतका मुलुकहरुमा पनि हजारौंले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन्, भने लाखौं संक्रमित भएका छन् ।

हालसम्म नेपालमा पनि संक्रमितहरुको संख्या ८२ जना पुगिसकेको छ । जसमध्ये १६ जना निको भइसकेका छन् । ६६ जनामा भाइरस सक्रिय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?