काठमाडौं, २३ बैशाख । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या अहिलेसम्म ८२ पुगेको छ ।
थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ८२ पुगेको जनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पतालमा नेपालगञ्जको प्रयोगशालामा गरिएको परिक्षणमा ७ जनामा नयाँ संक्रमण पुष्टी भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार उप महानगरपालिका ८ का ३ जना २२, ३० र ४० वर्षका पुरुष करहेका छन् । त्यस्तैगरी सोही स्थानका ९ वर्षीया वालिका, ३२, ३४ र ५५ वर्षीया महिलाहरु रहेका छन् ।




