काठमाडौं, २३ वैशाख । भारतको लकडाउन तेस्रो चरणमा पुगेपछि त्यहाँ धेरै खुकुलो बनाइएको छ । हाल भारतमा रक्सि बिक्री गर्न पनि छुट दिएको छ ।
भारतको राजधानी दिल्लीलगायतका धेरै स्थानहरुमा रक्सीका पसलहरु २२ मार्चबाट बन्द थियो । तर अब भने प्रदेश सरकारले बन्द रहेको रक्सीको पसलहरु खोल्न अनुमती दिएको छ ।
रक्सीको पसलहरु तीन वटा जोनहरु रातो, अरेन्ज, र हरियो गरी खुल्ने जनाइएको छ । रोता जोनका रक्सीको पसल खोल्नका लागि केही सर्तहरु पनि लगाइएको बताइएको छ । सरकारले मानिसहरुलाई सामाजिक दूरीको नियम पालना गर्नुपर्ने भनिएको छ ।
सामाजिक दूरीको यस नियममा दुई व्यक्तिबीच कमसे कम ६ फिटको दूरी राख्नुपर्ने अथवा एक सयमा ५ वटा भन्दा बढी व्यक्तिहरु उपस्थित हुन नपाइने सरकोले बताएको छ । तर सोमबार देशका विभिन्न स्थानहरुको भिडियो र तस्वीरहरु सामाजिक मिडियामा नियम भन्दा बाहिर भएको देखिएको छ ।

केही पसलहरुमा विहानै एक किलोमिटरसम्मको लाइन पुगेको छ । राजधानी दिल्लीका धेरै स्थानहरुमा रक्सीका पसलहरुको बाहिर विहानैदेखि लामो लाइन देखिएको छ ।




