advertisement

लकडाउनलाई केही खुकुलो बनाउन विकल्पबारेमा गृहकार्य भए पछि अझै टुंगो लागेको छैन। राजधानी प्रवेश गर्ने सबै नाकाहरुमा सुरक्षा जाँचलाई कडाइ गरेर राजधानीभित्र समय तोकेर निश्‍चित क्षेत्रका लागि केही खुलाउने वा खुकुलो बनाउन विभिन्‍न क्षेत्रबाट सरकारलाई दबाब दिइएको छ

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा आइतबार बसेको सुरक्षा निकायका प्रमुखहरूको बैठकमा पनि लकडाउनको स्वरूपका बारेमा छलफल भएको थियो।

सरकारले कोरोना संक्रमणको खतरा बढ्दै गएपछि पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लक-डाउनको निर्णय गरेको थियो। त्यसपछि सरकारले पटकपटक लकडाउनलाई लम्बाउँदै आएको छ।

" /> सिंहदरबारमा उच्चस्तरीय समितिको बैठक जारी, लकडाउनको मोडालिटी तयार गरिँदै - Sarbocha Media

सिंहदरबारमा उच्चस्तरीय समितिको बैठक जारी, लकडाउनको मोडालिटी तयार गरिँदै

`

     २०७७ वैशाख २२ गते ८:३७

काठमाडौं, २२ वैशाख । लकडाउनको निरन्तरता र मोडालिटिबारे छलफल गर्न कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिको बैठक अहिले बसिरहेकाे छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा २ बजे बोलाइएको बैठकमा कोरोना संक्रमणको वर्तमान अवस्था, संभावित जोखिम र लकडाउनले पारेको असरबारे छलफल तथा समीक्षाा हुनेछ।

उच्चस्तरीय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्‍वर पोखरेलले बोलाएको बैठकमा लकडाउनको आगामी स्वरुपबारे विज्ञहरुसँग परामर्श गरिने उपप्रधानमन्‍त्री पोखरेलको सचिवालयले जनाएको छ। ४२ दिनदेखि निरन्तर लागु गरिएको लकडाउनको पछिल्लो अवधि २५ वैशाख सकिँदैछ।

advertisement

लकडाउनलाई केही खुकुलो बनाउन विकल्पबारेमा गृहकार्य भए पछि अझै टुंगो लागेको छैन। राजधानी प्रवेश गर्ने सबै नाकाहरुमा सुरक्षा जाँचलाई कडाइ गरेर राजधानीभित्र समय तोकेर निश्‍चित क्षेत्रका लागि केही खुलाउने वा खुकुलो बनाउन विभिन्‍न क्षेत्रबाट सरकारलाई दबाब दिइएको छ

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा आइतबार बसेको सुरक्षा निकायका प्रमुखहरूको बैठकमा पनि लकडाउनको स्वरूपका बारेमा छलफल भएको थियो।

सरकारले कोरोना संक्रमणको खतरा बढ्दै गएपछि पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लक-डाउनको निर्णय गरेको थियो। त्यसपछि सरकारले पटकपटक लकडाउनलाई लम्बाउँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?