advertisement

२६ मार्चमा कोरोना संक्रमण पुष्टि भएको प्रधानमन्त्री जोन्सन एक महिनापछि काममा फर्किएका छन् । उनलाई लण्डनको सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य गम्भीर भएपछि उनलाई आईसीयूमा दुई दिन राखिएको थियो ।

" /> बेलायती प्रधानमन्त्रीले छोराको नाम आफूलाई बचाउने दुई डाक्टरसहित चार जनाकोबाट राखे - Sarbocha Media

बेलायती प्रधानमन्त्रीले छोराको नाम आफूलाई बचाउने दुई डाक्टरसहित चार जनाकोबाट राखे

`

     २०७७ वैशाख २१ गते ५:०३

काठमाडौं, २१ वैशाख । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनका भर्खरै जन्मिएका शिशुको नाम आफ्नो हजुरबाबा, हजुरआमा र आफूलाई कोरोनाबाट बचाएर नयाँ जीवन दिने दुई जना चिकित्सकको नामबाट राखेका छन् ।

प्रधानमन्त्री जोन्सन र उनकी पत्नी केरी साइमन्सले आफ्नो छोराको नाम हजुरबाबा, हजुरआमा र दुई जना डाक्टरको नामबाट राखेका हुन् । कोरोनाबाट मुक्त भएपछि नै उनी पिता बनेका थिए ।

बोरिस र केरीले आफ्नो छोरोको नाम ‘विल्फेड लोरी निकोलस जोन्सन’ राखेको जनाइएको छ । केरीले सामाजिक संञ्जाल इन्सटाग्राममा आफ्ना नवजात शिशुको फोटो र उसको नाम शेयर गरेकी छन् ।

केरीले पहिलो नाम प्रधानमन्त्री जोन्सनको हजुरबुवाको नामबाट, दोस्रो नाम आफ्नै हजुरबुवाको नामबाट र बीचको नाम निकोलस, डाक्टर निक प्राइस र डाक्टर निक हार्टको नामबाट राखिएको इनसटाग्राममा उल्लेख गरेकी छन् । ति दुई डाक्टरहरुले २४ घण्टानै खटेर प्रधानमन्त्री जोन्सनको उपचार गरेका थिए ।

advertisement

२६ मार्चमा कोरोना संक्रमण पुष्टि भएको प्रधानमन्त्री जोन्सन एक महिनापछि काममा फर्किएका छन् । उनलाई लण्डनको सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य गम्भीर भएपछि उनलाई आईसीयूमा दुई दिन राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?