काठमाडौं, २० वैशाख । अमेरिकाको खाद्य तथा औषधि मन्त्रालय (एफडीए)ले अमेरिकी कम्पनीले बनाएको रेमडेसिभिर औषधि कोरोना भाइरस संक्रमणको कारण अस्पतालमा भर्ना भएका बिरामीलाई प्रयोग गर्न अनुमति दिएको छ ।
रेमडेसिभिर औषधि कोरोनाको विरामीमा प्रभावकारी देखिएको अमेरिकाको सरकारी अध्ययनले देखाएको छ । यो औषधिले विरामीहरु छिट्टै नै निको हुने अध्ययनमा उल्लेख गरिएको छ ।
रेमडेसिभिर औषधि दिएका मानिसहरु औसतमा ११ दिनमा निको भएर घर फर्किन सक्छने जनाइएको छ । यो औषधिले मृत्यु हुनेको संख्यामा पनि कमी आउन सक्ने बताइएको छ ।
यदि औषधिले काम गरेमा गिलेडले १५ लाख शिशि औषधि अनुदानमा दिने र यसको उत्पादन बढाउने निर्णय गरेको जनाइएको छ । अध्ययनमा एक हजार ६३ गम्भीर लक्षण भएका बिरामीलाई सामेल गरिएको थियो ।

अध्ययनको क्रममा उक्त औषधि दिएका बिरामीहरु अन्य बिरामीको तुलनामा छिटै निको भएको पाइएको थियो । त्यसरी नै कोरोनाको विरामी पनि निको हुने अधिकारीहरुले जनाएका छन् ।




