एजेन्सी, २० वैशाख । उत्तर कोरियाका शक्तिशाली नेता किम जोङ–उन २० दिनपछि उनी एउटा सार्वजनिक कार्यक्रममा देखिएका छन् ।
किम कोमा चल्यो, मृत्यु भयो भन्ने जस्ता हल्लाहरु चलिरहदा उनी एक सार्वजनिक कार्यक्रममा देखिएका हुन् । राजधानी प्योङयाङनजिकै रहेको सन्चेनस्थित एउटा मल कारखानाको उद्घाटन समारोहमा शुक्रबार नेता किम आफ्नी बहिनी किम यो जोङसहित अन्य वरिष्ठ अधिकारीसँगै सहभागी भएको बताइएको छ । किमले रिबन काटिरहेको र आफूनजिकका मान्छेसँग हाँसिरहेको र बोलिरहेको तस्बिर पनि सार्वजनिक गरिएको छ ।

अप्रिल ११ मा मुटुको सल्यक्रिया गरेको किम अप्रिल १५ मा आफ्ना दिवंगत हजुरबुवा एवं उत्तर कोरियाका संस्थापक नेता किम इल सङको जन्मजयन्ती समारोहमा सहभागी भएका थिएनन् । जस कारणले उनको स्वास्थ्य अवस्थाबारे विभिन्न अड्कलबाजी भएका थिए ।
केहि सञ्चारमाध्ययमले त किम शव बाकास भित्र समेत रहेको फोटोलाई भाइरल बनाइरहेको थियो । हिजो शुक्रबार किम शार्वजनिकस्थलमा देखिएपनि अझै किमबारे सहस्यमयनै रहेको बताइएको छ ।




