advertisement

त्यस्तै चीन, टर्की, नेदरल्याण्डस्, ब्राजिल, स्वीट्जरल्यनण्डलगायतमा हजारौंले ज्यान गुमाइसकेका छन् । नेपालमा पनि कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । हालसम्म १६ जना निको भइसकेका छन्, भने बाँकी ४३ जना उपचाररत

" /> विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार ५ सय ६६, संक्रमित ३४ लाख ९० - Sarbocha Media

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार ५ सय ६६, संक्रमित ३४ लाख ९०

`

     २०७७ वैशाख २० गते २:३६

काठमाडौं, २० वैशाख । विश्वभर महामारीको रुपमा फैलिरहेको प्राणघातक कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार ५ सय ६६ पुगेको छ ।

वल्र्डोमिटर्स इन्फो डटको ताजा अपडेट अनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या ३४ लाख ९० पुगिसकेको छ, भने १० लाख ८१ हजर ११० जना निको भइसकेका छन् ।

यसैबीच, १३ लाख २० हजार ६७६ वटा कोरोनाका केसहरु बन्द भइसकेका छन्, भने २० लाख ७९ हजार ४१४ वटा केसहरु एक्टिभ छन् ।

यो समाचार तयार गर्दासम्म संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणका कारण सबै भन्दा बढी ६५ हजार ७ सय ५३ ले ज्यान गुमाइसकेका छन्, भने संक्रमितको संख्या ११ लाख ३१ हजार ३० पुगेको छ । जसमध्ये १ लाख ६१ हजार ५ सय ६३ जना निको भइसकेका छन् ।

यसैबीच, इटालीमा ज्यान गुमाउनेको संख्या २८ हजार २३६ पुगिसकेको छ, भने संक्रमितको संख्या २ लाख ७ हजार ४२७ पुगेको छ । यसैबीच निको हुनेको संख्या ७८ हजार २४९ पुगेको छ ।

कोरोना संक्रमणका कारण स्पेनमा २ लाख ४२ हजार ९८९ जना कुल सङ्क्रमित भएका छन् भने, २४ हजार ८ सय २४ को ज्यान गएको छ । निको भएर फर्कनेहरुको संख्या १ लाख ४२ हजार ४ सय ५० पुगेको छ ।

फ्रान्समा १ लाख ६६ हजार ४२० जना कुल सङ्क्रमित भएका छन् भने, २४ हजार ८७ को ज्यान गएको छ । यसैबीच ४८ हजार २२८ निको भएर फर्किइएका छन् ।

यूकेमा पनि ज्यान गुमाउनेको संख्या २७ हजार ५१० पुगेको छ, भने १ लाख ६७ हजार ३४६ जना संक्रमित छन् । इरानमा पनि ज्यान गुमाउनेको संख्या ६ हजार ९१ पुगेको छ । ९५ हजार ६४६ जना संक्रमितको संख्या पुगेको छ, जसमध्ये पनि ७६ हजार ३ सय १८ जना निको भइसकेका छन् ।

यसैबीच बेल्जियममा पनि ज्यान गुमाउनेको ७ हजार ७०३ पुगेको छ, भने संक्रमितको संख्या ४९ हजार ३२ पुगेको छ, भने ११ हजार ८९२ जना निको भइसकेका छन् ।

त्यस्तै, जर्मनीमा पनि ज्यान गुमाउनेका संख्या ६ हजार ७३६ पुगेको छ । १ लाख ६४ हजार ७७ संक्रमितको संख्या पुगेको छ, यसैबीच १ लाख २६ हजार ९ सय निको भइसकेका छन् ।

advertisement

त्यस्तै चीन, टर्की, नेदरल्याण्डस्, ब्राजिल, स्वीट्जरल्यनण्डलगायतमा हजारौंले ज्यान गुमाइसकेका छन् । नेपालमा पनि कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । हालसम्म १६ जना निको भइसकेका छन्, भने बाँकी ४३ जना उपचाररत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?