काठमाडौं, १८ जेठ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले यतिबेला देशहरुमा ठूलो क्षति पुर्याइरहेको छ ।
यस्तै नेपाला पनि कोरोनाले ठूलो प्रभाव पारीरहेको छ । नेपालमा कोरोनाले भन्दा भोक र आत्महत्याको घटनाहरु बढ्दै गएको छ । यसैक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता लालबाबु पण्डितले कोरोना भाइरस रोकथामका लागि लगाइएको लकडाउनका बेला आत्महत्याका घटना बढेको बताएका छन् ।

पण्डितले प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै ‘कोरोनाले भन्दा दशौं गुणा बढी ज्यान आत्महत्याले लिएको बताएका हुन् । उनले यो विषयमा संघीय सरकारको ध्यान जानु पर्ने विचार राखेका छन् ।




