काठमाडौं, १८ जेठ । भारतीय नागरिकहरुको समूह पटक- पटक नेपाल प्रवेश गर्ने क्रम अझै पनि रोकिएको छैन ।
यस्तै फेरि पनि जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सर्लाहीको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले हवाई फायर गरेको छ ।
सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रबाट करिब ३०–४० जनाको समूह नेपाल प्रवेश गर्न खोजेको समूहलाई रोक्न हवाई फायर गरिएको जनाइएको छ ।

उक्त समूहले हतियार खोस्ने प्रयाससमेत गरेको प्रहरीले जनाइएको छ।




