advertisement

कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।

" /> कोरोना रोक्न असफल भएको भन्दै डब्ल्यूएचओसँग नाता तोड्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा - Sarbocha Media

कोरोना रोक्न असफल भएको भन्दै डब्ल्यूएचओसँग नाता तोड्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

`

     २०७७ ज्येष्ठ १७ गते १:४०

काठमाडौं, १७ जेठ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बन्ध तोड्ने भएका छन् ।

राष्ट्रपति ट्रम्पले शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा डब्ल्यूएचसंग सम्बन्ध तोड्ने घोषणा गरेका हुन् । उक्त पत्रकार सम्मेलनमा डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरे पनि सफल नभएको कारण डब्ल्यूएचओसँगको नाता तोड्ने भएको ट्रम्पले बताएका हुन् ।

संयुक्त राष्ट्रसंघ अन्तर्गतको संस्था डब्ल्यूएचओलाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग अब विश्व पब्लिक हेल्थमा लगाउने पनि ट्रम्पले बताए । अमेरिकाले हरेक वर्ष डब्ल्यूएचओलाई ४५ करोड डलर आर्थिक सहयोग गर्दै आएको छ ।

advertisement

कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?