३५ हजार मानिसलाई खान पुग्ने खाना एक दिनमै नष्ट गर्ने किरा सलह भारतमा आइपुग्यो

`

     २०७७ ज्येष्ठ १५ गते ५:५३

एजेन्सी, १५ जेठ । कोरोना भाइरसको संक्रमणको महामारीको समयमा अर्को प्रकोप भित्रिएको छ अफ्रिकी मुलुकबाट पाकिस्तान हुँदै भारतमा । भारतमा भित्रिएपछि नेपालमा पनि भित्रिने सम्भावना धेरै नै छ ।

सलह नामक किरा जसले गहुँ, तोरी, कपास, मकै जस्ता बालीहरुमा क्षति पु‍र्‍याइसकेको छ । अहिले सलह भारतको पञ्जाब, हरियाणा, राजस्थान, गुजरात हुँदै उत्तर प्रदेशका विभिन्न भागमा छिरिसकेको छ ।

सलह एक प्रकारको फट्यांग्रा प्रजाति हो जसले कृषि क्षेत्रमा ठूलो क्षति पुर्याउने पाइएको छ । अफ्रिकी मुलुकहरूमा क्षति पुर्‍याएको सलहले एसियाली क्षेत्रमा पनि विध्वंस गर्ने विश्लेषण विशेषज्ञहरूले अनुमाण लगाइएको छ ।

सलहको संख्या लाखौं वा करोडौंको परिमाणमा हुन्छ । तिनले उड्दै जाँदा बाटोमा पर्ने खाद्य बाली मात्र होइन रूखबिरुवा, बुट्यान, झाडी, डाँठ सबै सखाप पार्दै अघि बढ्छन् ।

सलहले एक सयदेखि १ सय ३० किलोमिटरसम्म समूह बनाएर हिँड्छन् । एउटै समूहमा ४ देखि ८ करोड संख्यामा हुने भएकाले ३५ हजार मानिसलाई खान पुग्ने खाना एक दिनमै नष्ट गर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?