advertisement

विगत वर्षमा नेपाल सरकारले गणतन्त्र दिवसलाई धूमधाम र उत्सवका साथ तीन दिनसम्म मनाउने गरेको थियो । तर यस वर्ष कोरोना भाइरसको महामारीले देशभर लकडाउन लगाइएको कारण गणतन्त्र दिवस शुभकामना मात्र आदान प्रदान हुने भएको छ ।

" /> नेपालले गणतन्त्र पाएको दिन आज  जेठ १५ - Sarbocha Media

नेपालले गणतन्त्र पाएको दिन आज  जेठ १५

`

     २०७७ ज्येष्ठ १५ गते ३:४९

काठमाडौँ, जेठ १५ । नेपालले गणतन्त्र पाएको दिन आज  जेठ १५ गते।

राजतन्त्रको अन्त्य भई जनताको शासन अर्थात् सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछि जनतामा खुसी छाएको दिन हो आज ।
नेपालको राजनीतिक इतिहासको एक अविस्मरणीय दिन जेठ १५ गते जनता र राजाबीचको लडाइँमा अन्ततः जित जनताकै भएको थियो ।

विसं. २०६५ साल जेठ १५ गते आजैका दिन बसेको संविधान सभाको पहिलो ऐतिहासिक बैठकले नेपालमा गणतन्त्र स्थापन गरिएको थियो । गणतन्त्र घोषणा भएको आज १२ वर्ष पुगेर १३ वर्ष लागेको छ ।

advertisement

विगत वर्षमा नेपाल सरकारले गणतन्त्र दिवसलाई धूमधाम र उत्सवका साथ तीन दिनसम्म मनाउने गरेको थियो । तर यस वर्ष कोरोना भाइरसको महामारीले देशभर लकडाउन लगाइएको कारण गणतन्त्र दिवस शुभकामना मात्र आदान प्रदान हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?