काठमाडौं, १५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्रौँ गणतन्त्र दिवसको शुभकामना दिएका छन् ।
दिवसको अवसरमा प्रधानमन्त्रीले जन्मशिद्ध श्रेष्ठताको सामान्तबादी प्रणलीमथि आधारित र जवरजस्ती थोपरिएको राजतन्त्रको अन्त्य गरेर गणतन्त्रको सपना देख्ने र तिनै सपनाद्वारा अन्दोलनमा मागदर्शन गर्ने अग्रजहरुप्रति हार्दिक सम्मान व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले भने आफ्नो जिन्दगी उत्सर्ग गरेर हामीलाई गणतन्त्रको उज्यालो प्रदान गर्नुहुने प्रातःस्मरणीय सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। गणतन्त्र प्राप्तिको यस कष्टसाध्य र लामो आन्दोलनमा सहभागी सबै न्यायप्रेमी जनसमुदायमा हार्दिक अभिनन्दन अर्पण गर्न चाहन्छु।
प्रधानमन्त्री ओलीले १२ वर्ष आफैमा धेरै लामो अवधि होइन भन्दै गणतन्त्र स्थापनाका १२ वर्षमध्ये अधिकांश समय हामीले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन, नयाँ संविधान निर्माण गर्न र सङ्क्रमणकालको अन्त्य गर्न केन्द्रित गर्नु परेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले योसंगै कोरोना भाइरसबारे आज सिङ्गो मानव समुदाय कोरोना महामारी विरुद्धको कठिन सङ्घर्षमा जुटेको छ। हाम्रो पुस्ताले भोग्नु परेको सर्वाधिक ठूलो यस चुनौतीले हाम्रा प्राथमिकताहरु मात्रै होइन, हाम्रो कार्यपद्धति र जीवनशैलीलाई नै प्रभावित गरेको बताएका छन् ।
यस्तो बेलामा हाम्रो सिंगो देश, हामी सबै दाजुभाइ–दिदीबहिनीहरू एकजुट भएर कोरोना विरुद्ध लड्न जरुरी रहेको प्रधानमन्त्री ओलीले जनाएका छन् । उनले गणतन्त्रलाई वास्तविक अर्थमा संस्थागत गर्न एकताबद्ध प्रयासहरूलाई अगाडि बढाउन जरुरी रहेको भन्दै यसका लागि सबैलाई आग्रह गरेका छन् ।




