advertisement

महामारीको मौका छोपरे मूल्यमा ठग्न खोज्ने, उपभोग्य मिति सकिएको खाद्य पदार्थ बेच्ने, पसलमा ग्राहकबीच सामाजिक दूरी कायम नगराउने, सेनिटाइजर लगायतको प्रवनध नगर्ने ब्यापारीहरु कारवाहमिा परेका हुन् ।

" /> कोरोना महामारीको मौका छोपेर कालोबजारी गर्ने ४८ व्यापारीलाई जरिवाना र कैद सजाय - Sarbocha Media

कोरोना महामारीको मौका छोपेर कालोबजारी गर्ने ४८ व्यापारीलाई जरिवाना र कैद सजाय

`

     २०७७ ज्येष्ठ १४ गते ३:३७

काठमाडौं, १४ जेठ । लकडाउनको समयमा अवैध तरिकाले ब्यापार व्यवसाय सञ्चालन गर्ने ४८ जना व्यापारीहरुलाई जरिवाना र कैद सजाय सुनाएको छ ।

कोरोना महामारीको मौका छोपेर कालोबजारी गरेका ठहर गर्दै कञ्चनपुर प्रशासनले ४८ जना ब्यापारीलाई जरिवाना र कैद सजाय सुनाएको हो ।

जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले संक्रामक रोग ऐन–२०२० मा टेकेर ४८ जना ब्यापारीलाई कारबाही गरेको छ ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायका अनुसार जनस्तरबाट विभिन्न किसिमले ठगिएको र पसलहरुमा तोकिएको सुरक्षा मापदण्डहरु पालना नभएको गुनासो आएपछि कार्यालयले वैशाख २९ देखि ५ गतेसम्म बजार अनुगमन गरिएको थियो ।

advertisement

महामारीको मौका छोपरे मूल्यमा ठग्न खोज्ने, उपभोग्य मिति सकिएको खाद्य पदार्थ बेच्ने, पसलमा ग्राहकबीच सामाजिक दूरी कायम नगराउने, सेनिटाइजर लगायतको प्रवनध नगर्ने ब्यापारीहरु कारवाहमिा परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?