एमसीसी नेपालको सर्वभौमसत्तामाथि प्रश्न उठ्ने खालको भएकोले प्रधानमन्त्रीले चाहेर मात्र पास हुँदैन : झलनाथ
काठमाडौं, १४ जेठ । पछिल्लो समय धेरै विवादित विषय रहेको छ एमसीसी । यसबारे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाललेबारे बुँदागतमा प्रस्ट पारेका छन् ।
नेता खनालले पहिलो बँदामा नेपाल धेरै अस्थीर अवस्थाबाट अगाडि बढिरहेको बेलामा सबै दलहरुसंग राम्रो छलफल नगरीकन एमसीसी सम्झौता गरिएको भनेका छन् । त्यस्तै दोस्रो बुँदामा एमसीसी सम्झौता भएपछि सम्झौतामा नै नलेखिएपनि इन्डोपेसिफिक स्ट्राटिजीको (इन्डो प्रशान्त रणनीति) को अंग हो भन्दै अमेरिकी नेताहरुले पटक पटक बोलिरहेका छन् । त्यसलाई हामी बेवास्त गर्न सक्दैनौँ । अर्को भनेको एमसीसीको धेरै प्रावधानहरु धेरै आपातीजनक र अपमान जनक रहेको उनले बताए ।

एमसीसी नेपालको सर्वभौमसत्तामाथि प्रश्न उठ्ने खालको रहेकाले नेकपाको पार्टीले एमसीसीबारे गम्भीर रुपले बहस गर्ने नेता खनालले एक टेलिभिजनको अन्तर्वामा भनेका छन् । पार्टीमा अहिले छलफल नभएको भन्दै एमसीसी पारित भयो भन्नेबारे कल्पनानै नगर्नु भन्ने भनाइ राखेका छन् ।
अन्तवार्ताको क्रममा पत्रकारले प्रधानमन्त्री केपी शर्मा ओलीले जसरी पनि एमसीसी पारित गर्छु भनेर भनेका छन् नित भनेर खनाललाई प्रश्न गर्दा प्रधानमन्त्री ओली पार्टीका अध्यक्ष हुन, तर सर्वेसर्वाहा भने होइनन् भन्दै उनले जे बोले त्यो कुरा हुने भन्ने छैन भन्ने जवाफ दिएका छन् ।




