एजेन्सी, १३ जेठ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हालै कोरोना भाइरसबाट बच्न प्रयोग गरिरहेको भनिएको औषधि हाइड्रोक्सीक्लोरोक्वीनलाई रोकिने भएको छ ।
औलोविरुद्ध प्रयोग गरिने औषधि हाइड्रोक्सीक्लोरोक्वीनलाई कोरोनाको सम्भावित उपचारमा प्रयोग गर्नका लागि परीक्षण गर्ने काम हाललाई सुरक्षाको त्रासाका कारण रोकिएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको बीबीसीका उल्लेख छ ।

हालैको एउटा चिकित्सा अध्ययनले उक्त औषधिको प्रयोगले कोरोना विरामीको मृत्यु हुने जोखिम बढाउने सुझाएको पृष्ठभूमिमा डब्ल्यूएचओको त्यस्तो भनाइ आएको हो।




