advertisement

संयुक्त राजनीतिक दलित संघर्ष समितिले यसबाट स्पष्ट हुन्छ कि यहाँ नेपाली जनताको अर्को एउटा न्यायपूर्ण आन्दोलनको अपरिहार्यता रहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।परिस्थितिको यो गाम्भीर्तालाई आत्मसात गरी अघि बढ्न हामी सम्बन्धित सबैमा समितिले अपिल गरेको छ। साथै, उपरोक्त सबै घटनाहरुको सत्यतथ्य छानबिन गरी दोषीलाई हदैसम्मको कार्वाही गर्न तथा पीडितलाई न्याय प्रदान गर्न हामी नेपाल सरकार समक्ष माग गरेको छ । अन्यथा यसबाट सृजित परिस्थितिको जिम्मेवार सरकार स्वयंले लिनुमपर्ने चेतवानी दिएको छ ।

" /> अन्तरजातीय प्रेम सम्बन्धको कारण युवकलाई स्थानीयले यसरी मारे, दलित संघर्ष समितिद्वारा कार्वाहीको माग - Sarbocha Media

अन्तरजातीय प्रेम सम्बन्धको कारण युवकलाई स्थानीयले यसरी मारे, दलित संघर्ष समितिद्वारा कार्वाहीको माग

`

     २०७७ ज्येष्ठ १२ गते ४:०६

काठमाडौं, १२ जेठ । जाजरकोटका एक युकलाई अन्तरजातीय प्रेम सम्बन्धका कारण स्थानीयले कुटपिट गरी उनको ज्यान लिएको छ ।

रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी सुश्मा मल्ल सङ्गको अन्तरजातीय प्रेम सम्बन्धका कारण स्थानीय गाउँलेहरुको कुटाइबाट शनिबार राति जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको छ ।

नवराजका ६ जना दलित साथीहरू वेपत्ता भएका छन् भने १२ जना युवाहरूलाई चौरजहारी प्रहरीले गिरफ्तार गरेको छ । जात नमिल्ने भन्दै यसघि नै नवराज विरुद्ध प्रहरीमा उजुरी गरिएको थियो । सो क्रममा दुबै पक्ष बीच प्रहरीको रोहवरमा छलफल समेत भएको र सो विवाह हुन नदिन केटी तर्फका कथित माथिल्लो जातिका परिवारले निकै कोशिस गरेको बताइएको छ । यस घटनाबाट संयुक्त राजनीतिक दलित संघर्ष समिति नेपालको गम्भीर ध्यानाकर्षण गरेको छ । समिति उक्त घटनामा ज्यान गुमाउने नवराज प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजन प्रती गहिरो समवेदना व्यक्त गरेको छ ।

यसैगरी, पाँचथर जिल्लाको हिलीहाङ गाउँपालिका–५ का वडाध्यक्ष लक्ष्मी सुहाडले उनैले बोलाएको बैठकमा सहभागी एक दलित युवालाई दलित भन्दै बैठक कक्षबाट बाहिर निकालेका छन् ।
यही जेठ ७ गते वडा कार्यालय भवन बनाउने सर्वपक्षीय बैठकमा पुगेका काँग्रेस प्रतिनिधि वीर बहादुर उभरकोटीलाई वडा अध्यक्ष सुहाडले आफूले बोलाएको भन्दा अरुलाइ नै पार्टीले बैठकमा पठाएको भन्दै बैठकमा बस्न दिन्न भनेर निकालिएको छ । उनलाई जतीय विभेद गर्दै बैठकबाट बाहिर निकालेको निज पीडित उभरकोटीले बताएका छन् ।

यस्तै, नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले आफ्नो फेसबुकमा कोरोनाको कारण मृत्यु भएका व्यक्तिको विषयमा टिप्पणी गर्दै आफू मरे डुमै राजा, भनेर दलित समुदायमाथि अपमान गरेको मात्रै होइन सो टिप्पणी माथि प्रतिक्रिया दिने व्यक्तिहरुलाई व्यक्तिगत रुपमा धम्क्याउने र अपमान गर्ने काम निरन्तर गरिरहेका छन् ।

संयुक्त राजनीतिक दलित संघर्ष समितिले ति सबै घटनाको घोर निन्दा एवं भत्सर्ना गरेको छ । देशमा सामन्तवादको अन्त्य भएर गणतन्त्र आइसक्दा समेत दलित समुदाय माथि यस्ता विभेद तथा सांघातिक आक्रमण भैरह्नुले यही अवस्थामा दलित समुदायको सुरक्षा र मुक्ति सम्भव नभएको प्रष्ट हुने समितिले जनाएको छ ।संविधानमा दलित अधिकार लेख्दैमा र छुवाछूत ऐन बनाउदैमा दलित समुदायले अधिकार र न्याय पाउँदा रहेनछन् भन्ने कुरा पनि यी घटनाहरुले छर्लङ्ग पारेका संयुक्त राजनीतिक दलित संघर्ष समितिको भनाइ रहेको छ ।

advertisement

संयुक्त राजनीतिक दलित संघर्ष समितिले यसबाट स्पष्ट हुन्छ कि यहाँ नेपाली जनताको अर्को एउटा न्यायपूर्ण आन्दोलनको अपरिहार्यता रहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।परिस्थितिको यो गाम्भीर्तालाई आत्मसात गरी अघि बढ्न हामी सम्बन्धित सबैमा समितिले अपिल गरेको छ। साथै, उपरोक्त सबै घटनाहरुको सत्यतथ्य छानबिन गरी दोषीलाई हदैसम्मको कार्वाही गर्न तथा पीडितलाई न्याय प्रदान गर्न हामी नेपाल सरकार समक्ष माग गरेको छ । अन्यथा यसबाट सृजित परिस्थितिको जिम्मेवार सरकार स्वयंले लिनुमपर्ने चेतवानी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?