advertisement

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बारमबार कोरोना भाइरस चीनले फैलाएको आरोप लगाउँदै आएका छन्। उनले त्यतिमात्र होइन चीनले भाइरसको प्रकोप लुकाउन खोजेको आरोप पनि लगाएका छन्।

" /> राजनीतिमा समय खेर नफाली मूल्यवान जीवनहरूलाई कोरोनाबाट बचाउन अमेरिकालाई चीनको आग्रह - Sarbocha Media

राजनीतिमा समय खेर नफाली मूल्यवान जीवनहरूलाई कोरोनाबाट बचाउन अमेरिकालाई चीनको आग्रह

`

     २०७७ ज्येष्ठ १२ गते १:१६

एजेन्स, १२ जेठ । अमेरिकाले कोरोना भाइरसको विषयमा षड्यन्त्र र झुटहरु फैलाइरहेको आरोप चीनले लगाएको छ ।

अमेरिकाको केही नेताहरुले चीनमाथि पटक – पटक हमला गरिरहेको चीनले आरोप लगाएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिका राजनीतिक भाइरसुले सङ्क्रमित भएको आरोप लगाउँदै त्यहाँका केही नेताले बारम्बार चीनमाथि हमला गरिरहेको बताएका हुन् ।

आइतवार पत्रकारहरूसँग कुरा गर्दै विदेशमन्त्री वाङ्ले अमेरिकालाई कोरोना महामारीमाको समय राजनीतिमा खेर नफाल्न भन्दै मूल्यवान जीवनहरूलाई कोरोनाबाट बचाउनु आग्रह गरेका छन् ।

advertisement

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बारमबार कोरोना भाइरस चीनले फैलाएको आरोप लगाउँदै आएका छन्। उनले त्यतिमात्र होइन चीनले भाइरसको प्रकोप लुकाउन खोजेको आरोप पनि लगाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?