काठमाडौं, १० जेठ । मकवानपुरकी कोरोना भाइरस संक्रमित एक महिलामा काठमाडौंका त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेको जनाइएको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका– ४ हुप्रचौर घर भएकी ५४ वर्षकी महिलामा शुक्रबार कोरोना पुष्टि भएको हो । उनी मुटुको रोगी थिइन् ।

मुुटु रोगको बिरामी ती महिलालाई हेटौंडा अस्पतालले एक साताअघि त्रिवि शिक्षण अस्पताल हाताको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा रेफर गरेको थियो ।




