advertisement

स्थानीय बजारमा सामान्य मात्रामा केरा बिक्री हुँदै आए पनि ठूला शहर बजारसम्म केरा पुग्न नसकेको प्रतापपुर –५ कठहवामा २० बिघा क्षेत्रफलमा केरा खेती गर्दै आउनुभएका किसान मोतीलाल कोइरीको भनाइ छ ।

ऋण लिएर खेती गर्दै आएका किसानलाई केरा बिक्री नहुँदा झन् ठूलो समस्या हुँदै आएको प्रतापपुर –६ का किसान इन्द्राज पासीको भनाइ छ ।

खेतमा तयार भएको केराले बजार पाएको छैन । भारतीय बजारबाट सहजै रुपमा केरा भित्रिने गरे तर नेपाली उत्पादनले बजारीकरण गर्न नपाउँदा समस्या भएको प्रतापपुर –५ कठहवामा किसान चन्द्रिका कोहार बताउनुहुन्छ ।

जिल्लामा ३०० हेक्टर क्षेत्रफलमा वार्र्षिक चार हजार २०९ मेट्रिक टन केरा उत्पादन हुँदै आएको छ । यहाँका किसानको आम्दानीको दरिलो स्रोत केरा खेती मानिएको छ ।

" /> केराले बजार नपाएपछि ऋण लिएर खेती गर्दै आएका किसान चिन्तित - Sarbocha Media

केराले बजार नपाएपछि ऋण लिएर खेती गर्दै आएका किसान चिन्तित

`

     २०७७ ज्येष्ठ ०८ गते ५:१६

नवलपरासी, ८ जेठ । नवलपरासी ( पश्चिम सुस्ता पश्चिम) जिल्लामा उत्पादित केराले बजार नपाएपछि किसान चिन्तित भएका छन् ।

बन्दाबन्दीका कारण काठमाडौँ पोखरा र पहाडी क्षेत्रलगायत ठूलाठूला बजारसम्म बजारीकरणका लागि केरा पु¥याउन निकै समस्या भएको छ ।

बन्दाबन्दीमा नेपाल सरकारले कृषि उपजलाई सहजै बजारीकरणका व्यवस्था भएको जनाए पनि बजारीकरणमा समस्या देखिएको केरा उत्पादक सङ्घका जिल्ला अध्यक्ष लख्खु यादव बताउनुहुन्छ ।

advertisement

स्थानीय बजारमा सामान्य मात्रामा केरा बिक्री हुँदै आए पनि ठूला शहर बजारसम्म केरा पुग्न नसकेको प्रतापपुर –५ कठहवामा २० बिघा क्षेत्रफलमा केरा खेती गर्दै आउनुभएका किसान मोतीलाल कोइरीको भनाइ छ ।

ऋण लिएर खेती गर्दै आएका किसानलाई केरा बिक्री नहुँदा झन् ठूलो समस्या हुँदै आएको प्रतापपुर –६ का किसान इन्द्राज पासीको भनाइ छ ।

खेतमा तयार भएको केराले बजार पाएको छैन । भारतीय बजारबाट सहजै रुपमा केरा भित्रिने गरे तर नेपाली उत्पादनले बजारीकरण गर्न नपाउँदा समस्या भएको प्रतापपुर –५ कठहवामा किसान चन्द्रिका कोहार बताउनुहुन्छ ।

जिल्लामा ३०० हेक्टर क्षेत्रफलमा वार्र्षिक चार हजार २०९ मेट्रिक टन केरा उत्पादन हुँदै आएको छ । यहाँका किसानको आम्दानीको दरिलो स्रोत केरा खेती मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?