काठमाडौं, ७ जेठ। गोकर्णेश्वर नगरपालिकामा पनि एक जना कोरोना भाइरसको संक्रमित फेला परेको छ ।
काठमाडौंमा मंगलबार भेटिएका तीन जना कोरोना संक्रमितमध्ये एकजना गोकर्णेश्वर नगरपालिका–४ को रहेको खुलेको छ । उनी डेढ हप्ताअघि भैरहवाबाट तरकारी बोक्ने गाडी चढेर काठमाडौं आएका थिए ।
उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि जनाइएको छ । उनको स्थायी घर गोकर्णेश्वर नगरपालिका–४ माइती नेपालमा भए पनि लकडाउनका बीच उनी भैरहवा पुगेका थिए ।

विहानै पाटन अस्पतालको आइसोलेसन वार्डमा लगिएको बताइएको छ । मंगलबार नै उनलाई कोरोना संक्रमण भएको थियो ।




