advertisement

हालसम्म योसँगै सुनसरीमा मात्र कोरोना संक्रमितको संख्या तीन पुगेको छ भने झापामा कोरोना संक्रमितको संख्या १२ पुगेको छ ।

अहिलेसम्म प्रदेश १ मा संक्रमितको संख्या ५४ पुगेको छ ।

" /> प्रदेश १ मा आज मंगलबार थप ११ जना कोरोना संक्रमित - Sarbocha Media

प्रदेश १ मा आज मंगलबार थप ११ जना कोरोना संक्रमित

`

     २०७७ ज्येष्ठ ०६ गते ६:१८

विराटनगर, ६ जेठ । प्रदेश १ मा आज मंगलबार ११ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

कोशी अस्पताका अनुसार झापाको केचनकवल गाउँपालिका ९ र सुनसरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । झापाको कोशी अस्पताल विराटनगरकै प्रयोगशालामा पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको जनाइएको छ।

त्यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका दुईजनामा कोरोना पोजेटिभ देखिएको छ ।

झापाको संक्रमण भएका युवकको टोलका ३३ जनाको कोशी अस्पतालमा परीक्षण गर्दा थप ९ जनामा पोजेटिभ देखिएको हो ।

कोरोना पोजेटिभ देखिनेमा इटहरीका १८ वर्षका युवक र अर्का व्यक्ति सशस्त्र प्रहरी कर्मचारी हुन् ।

advertisement

हालसम्म योसँगै सुनसरीमा मात्र कोरोना संक्रमितको संख्या तीन पुगेको छ भने झापामा कोरोना संक्रमितको संख्या १२ पुगेको छ ।

अहिलेसम्म प्रदेश १ मा संक्रमितको संख्या ५४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?