एजेन्सी, ६ जेठ। दक्षिण सुडानका उपराष्ट्रपति र उनकी पत्नीलाई कोरोना भाइरसको संक्रमण फेला परेको छ ।
उपराष्ट्रपति रिक माशर र उनकी पत्नी एजेलिना टेनीलाई कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । उनकी पत्नी एजेलिना देशको रक्षामन्त्री हुन् ।
६० वर्षभन्दा भन्दा उमेरका माशरकोमा १३ मेमा कोरोना परीक्षण गरिएको थियो । कोरोना टास्क फोर्सका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि उपराष्ट्रपति माशरलाई पनि परीक्षण गर्दा कोरोना पुष्टि बताइएको छ ।

माशरका बडीगार्ड र केही सुरक्षाकर्मीहरुमा पनि कोरोना संक्रमण देखिएको छ । दक्षिण सुडानमा २ सय ९० जनामा कोरोना संक्रमित र ४ जनाको कोरोनाबाट मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।




