काठमाडौं, ६ जेठ । नेपालमा कोरोना संक्रमित ३७५ पुगेको छ।
सोमबार साँझ थप १८ जना नयाँ संक्रमित थपिएपछि कोरोना संक्रमित ३ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालय जनाएको छ ।
धनुषाका २ पुरुष, खोटाङ हलेसीका एक पुरुष, बाँके नरैनापुरका १२ पुरुष, दैलेख आठबिस९१ का एक पुरुष, सुनसरीका एक पुरुष, झापाका एक पुरुष रहेको बताइएको छ।
सोमबार मात्रै ७४ जना नयाँ संक्रमित थपिएका छन्। २४ घण्टाको अन्तरालमा प्रति घण्टा तीन जनामा कोरोना संक्रमण फैलिएको छ।
सोमबार बिहान र दिउँसो गरी बाँकेमा ४७ जना, रौतहटका ८, बाराका १ जना, मोरङमा १, गुल्मीमा १, धनुषामा १, धादिङमा १, रौतहट १ र दाङमा १ जना कोरोना संक्रमित भएका थिए।

हालसम्म संक्रमण पुष्टि भएकामध्ये हालसम्म ३६ जना निको भएका छन्। त्यस्तै सिन्धुपाल्चोकमा र बाँकेमा गरी दुई जनाले ज्यान गुमाएका छन् ।




