काठमाडौं, ५ जेठ । कारोना संक्रमणबाट ज्यान गुमाएकी सिन्धुपाल्चोककी महिलाको परिवारमा कोरोना नभएको पुष्टि भएको छ । महिलाको नवजात शिशु र श्रीमानसहित परिवारका ५ सदस्यमा कोरोना संक्रमण नेगेटिभ आएको जनाइएको छ ।
धुलिखेल अस्पताल अस्पतालका अनुसार धुलिखेल अस्पतालको प्रयोगशालामा गरेको परीक्षणमा नवजात शिशु, महिलाका श्रीमानसहित परिवारका ५ सदस्यमा कोरोना संक्रमण पाएन ।

वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा शिशु जन्माएकी महिलाको कोरोनाको कारण बिहीबार मृत्यु भएको थियो । उनी कोरोनाबाट ज्यान गुमाएकी नेपालकी पहिलो महिला हुन् ।




