काठमाडौं, ५ जेठ । अहिले विहान फेरि ९ जनामा कोरोना फेला परेको छ ।
रौतहट र बारामा सोमबार विहान ९ जना कोरोना संक्रमित फेला परेको हो ।रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ९ जना थपिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटको इशनाथ नगरपालिका– २, ३, ६, र ९ नम्बर वडाका निवासी २१, २१, २३, २५, २९, ३० वर्षका पुरुष र माधवनारायण नगरपालिका ३ निवासी २८ वर्षकी महिला र बाराको करैयामाई ५ का ३८ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।




