advertisement

नेपालमा एक जनाको कोरोनाबाट पहिलो पटक एक महिलाको ज्यान गएको छ।

" /> नेपालमा कोरोना भाइरसको संक्रमण थप १० मा भएको पुष्टि, संक्रमित २ सय ९१ पुग्यो - Sarbocha Media

नेपालमा कोरोना भाइरसको संक्रमण थप १० मा भएको पुष्टि, संक्रमित २ सय ९१ पुग्यो

`

     २०७७ ज्येष्ठ ०४ गते २:२२

 काठमाडौं,४ जेठ । नेपालमा कोरोना भाइरसको संक्रमण १० जनामा देखिएको छ । यो संगै हालसम्म कोरोना संक्रमित २ सय ९१ पुगेको छ ।

आइतबार रौतहटमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या २ सय ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप १० जना संक्रमित सबै रौतहटका हुन् । राजपुर नगरपालिका फरहदा–९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

advertisement

नेपालमा एक जनाको कोरोनाबाट पहिलो पटक एक महिलाको ज्यान गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?