advertisement

गढवा —४का ३६ वर्षीय भारतको गोरखपुरबाट र वडा नं ५ का २३ वर्षीय मुम्बईबाट आएका थिए । दुवै मजदूरी गर्न भारत गएका थिए ।

" /> मुम्बईबाट आएका कोरोना सङ्क्रमित दुईको उपचार हुँदै - Sarbocha Media

मुम्बईबाट आएका कोरोना सङ्क्रमित दुईको उपचार हुँदै

`

     २०७७ ज्येष्ठ ०३ गते ५:३८

दाङ, ३ जेठ । यहाँ पहिलो पटक कोरोना संक्रमण पुष्टि भएका गढवा गाउँपालिकाका दुई जनालाई कोरोना विशेष अस्पतालमा ल्याइएको छ ।

गए रातिदेखि अस्पतालको आइसोलेशनमा राखेर दुईको उपचार भइरहेको अस्पतालका मेसु सर्वेश शर्माले जानकारी दिनुभयो ।

कपिलवस्तु, कृष्णनगरका छुट्टाछुटै क्वारेन्टाइनबाट ल्याइएका उनीहरुलाई गढवा गाउँपालिकाले गत बुधबार एम्बुलेन्स पठाएर जनता मावि गढवाको क्वारेन्टाइनमा लगेर राखेको गाउँपालिका अध्यक्ष सहजराम यादवले बताउनुभयो ।

advertisement

गढवा —४का ३६ वर्षीय भारतको गोरखपुरबाट र वडा नं ५ का २३ वर्षीय मुम्बईबाट आएका थिए । दुवै मजदूरी गर्न भारत गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?