काठमाडौं, १ जेठ। एक छ वर्षीया बालिकामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा उपचाररत ६ वर्षीया बालिकामा कोरोना संक्रमण देखिएको हो।
बालिका कपिलवस्तुबाट ६ दिन अगाडि काठमाडौंमा उपचार गर्न आएकी थिइन् । बालिकामा कोरोना संक्रमण भएको पुष्टि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कोभिड(१९ व्यवस्थापन समितिका संयोजक डा.सन्त कुमार दासले गरेका हुन् ।

बालिकामा कोरोना पुष्टि भएपछि टिचिङ अस्पतालको न्यूरो वार्ड सिल गर्ने तयारी गरिएको छ ।




