advertisement

आज देखिएका सङ्क्रमितहरुमा एक बालिकासहित दुई महिला र पाँच पुरुष छन् । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार सङ्क्रमितको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

" /> एक बालिकासहित थप सात जनामा कोरोना सङ्क्रमण, ङ्क्रमितको सङ्ख्या २५० पुग्यो - Sarbocha Media

एक बालिकासहित थप सात जनामा कोरोना सङ्क्रमण, ङ्क्रमितको सङ्ख्या २५० पुग्यो

`

     २०७७ ज्येष्ठ ०१ गते २:५८

काठमाडौं, १ जेठ । नेपालमा सात जना कोरोना सङ्क्रमित थपिएका छन् । सर्लाही, धनुषा, महोत्तरी, काठमाडौं र कपिलबस्तुमा गरी बिहीबार ७ जना कोरोना सङ्क्रमित थपिएका हुन् ।

यो सँगै सङ्क्रमितको सङ्ख्या २५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण क्रममा बिहीबार नयाँ सात जनामा सङ्क्रमण देखिएको बताउनुभयो ।

सङ्क्रमित देखिएका व्यक्ति काठमाडौँ चन्द्रागिरि नगरपालिकाका ३२ वर्षीय पुरुष, कपिलवस्तुका छ वर्षीया बालिका, सर्लाही धान्कोल नगरपालिकाका ४५ वर्षीय पुरुष, धनुषाको जनकपुर उपमहानगरपालिकाका ४० वर्षीय पुरुष, धनुषाकै मिथिला नगरपालिकाका २० वर्षीया महिला, महोत्तरी जलेश्वर नगरपालिकाका १६ वर्षीय पुरुष, महोत्तरीकै बलवा नगरपालिकाका ३५ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको प्रवक्ता डा अधिकारीले बताउनुभयो ।

advertisement

आज देखिएका सङ्क्रमितहरुमा एक बालिकासहित दुई महिला र पाँच पुरुष छन् । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार सङ्क्रमितको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?