उदयपुर, १८ वैशाख । नोवेल कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले २५ लाख २४ हजार रुपैयाँको कोष खडा गरेरको छ । गाउँपालिकामा कोरोना भाइरस फैलिन नदिनका लागि कोरोना रोकथाम कोष स्थापना गरी पूर्व तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।
उक्त राहत काेषमा गाउँपालिका जनप्रतिनिधि र कर्मचारीहरूले पनि आर्थिक सहयोग गर्ने गाउँपालिकाले जनाएकाे छ । जनप्रतिनिधिहरुको एक महिना बराबरकाे सेवा सुविधा वापतकाे रकम कोरोना राहत कोषमा दिने निर्णय गरेको गाउँपालिकाले जनाएकाे छ ।
अधिकृत स्तरकाे कर्मचारीहरूकाे पाँच दिनकाे तलब काेराेना काेषमा जम्ममा गर्ने निर्णय गरेको छ भने चाैथाे, पाँचै वा साे सरहका कर्मचारीहरूकाे तीन दिनकाे तलब काेषमा जम्मा गर्ने निर्णय गरेकाे गाउँपालिकाले जनाएकाे छ ।

त्यस्तै माध्यमिक र उच्च माध्यमिक तहका शिक्षकहरूकाे पाँच दिनकाे तलब र आधारभुत तहका शिक्षकहरूकाे तीन दिनकाे तलब कोरोना रोकथाम कोषमा जम्मा गर्ने निर्णय भएकाे छ । स्वास्थ्या कर्मचारीहरूले भने कोरोना राहत कोषमा आर्थिक सहयोग गर्नु नपर्ने गाउँपालिकाले जनाएकाे छ ।
काेराेना राहत काेषमा विभिन्न संघ संस्था, समाजसेवी, व्यापारी र देश विदेशमा रहेका नेपालीहरूलाई सहयाेग गरिदिन गाउँपालिकाकाे आग्रह छ । सहयाेगका लागि नेपाल एस. वि. आइ बैंक प्रकाेप व्यवस्थापन काेषकाे खाता नम्बर ४३२२५२४०७०००१३ मा जम्म गर्न सकिने छ ।





