काठमाडौं, १८ वैशाख । विश्वभर महामारीको रुपमा फैलिरहेको प्राणघातक कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख २८ हजार २ सय १५ पुगेको छ ।
वल्र्डोमिटर्स इन्फो डटको ताजा अपडेट अनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या ३२ लाख २० हजार १४८ पुगिसकेको छ, भने १० लाख ३० ३ जना निको भइसकेका छन् ।
यसैबीच, १२ लाख २८ हजार ५१८ वटा कोरोनाका केसहरु बन्द भइसकेका छन्, भने १९ लाख ९१ हजार ६३० वटा केसहरु एक्टिभ छन् ।
यो समाचार तयार गर्दासम्म संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणका कारण सबै भन्दा बढी ६१ हजार ६ सय ६८ ले ज्यान गुमाइसकेका छन्, भने संक्रमितको संख्या १० लाख ६४ हजार ५३३ पुगेको छ । जसमध्ये १ लाख ४७ हजार ४ सय ११ जना निको भइसकेका छन् ।
यसैबीच, इटालीमा ज्यान गुमाउनेको संख्या २७ हजार ६८२ पुगिसकेको छ, भने संक्रमितको संख्या २ लाख ३ हजार ५९१ पुगेको छ । यसैबीच निको हुनेको संख्या ७१ हजार २५२ पुगेको छ ।
कोरोना संक्रमणका कारण स्पेनमा २ लाख ३६ हजार ८९९ जना कुल सङ्क्रमित भएका छन् भने, २४ हजार २ सय ७५ को ज्यान गएको छ । निको भएर फर्कनेहरुको संख्या १ लाख ३२ हजार ९ सय २९ पुगेको छ ।
फ्रान्समा १ लाख ६६ हजार ४२० जना कुल सङ्क्रमित भएका छन् भने, २४ हजार ८७ को ज्यान गएको छ । यसैबीच ४८ हजार २२८ निको भएर फर्किइएका छन् ।
यूकेमा पनि ज्यान गुमाउनेको संख्या २६ हजार ९२७ पुगेको छ, भने १ लाख ६५ हजार २२१ जना संक्रमित छन् । इरानमा पनि ज्यान गुमाउनेको संख्या ५ हजार ८ सय ६ पुगेको छ । ९३ हजार ६५७ जना संक्रमितको संख्या पुगेको छ, जसमध्ये पनि ७३ हजार ७ सय ९१ जना निको भइसकेका छन् ।

यसैबीच बेल्जियममा पनि ज्यान गुमाउनेको ७ हजार ५०१ पुगेको छ, भने संक्रमितको संख्या ४७ हजार ८५९ पुगेको छ, भने ११ हजार २८१ जना निको भइसकेका छन् ।
त्यस्तै, जर्मनीमा पनि ज्यान गुमाउनेका संख्या ६ हजार ६४६७ पुगेको छ । १ लाख ६१ हजार ५ सय ५३९ संक्रमितको संख्या पुगेको छ, यसैबीच १ लाख २० हजार ४ सय निको भइसकेका छन् ।
त्यस्तै चीन, टर्की, नेदरल्याण्डस्, ब्राजिल, स्वीट्जरल्यनण्डलगायतमा हजारौंले ज्यान गुमाइसकेका छन् । नेपालमा पनि कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । हालसम्म १६ जना निको भइसकेका छन्, भने बाँकी ४१ जना उपचाररत छन् ।




