काठमाडौं, १७ वैशाख । विश्वभर महामारीको रुपमा फैलिरहेको प्राणघातक कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख १७ हजार ९ सय ७० पुगेको छ ।
वल्र्डोमिटर्स इन्फो डटको ताजा अपडेट अनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या ३१ लाख ६८ हजार ११५ पुगिसकेको छ, भने ९ लाख ५५ हजार ७७० जना निको भइसकेका छन् ।
यसैबीच, ११ लाख ७३ हजार ७४० वटा कोरोनाका केसहरु बन्द भइसकेका छन्, भने १९ लाख ६४ हजार ३७५ वटा केसहरु एक्टिभ छन् ।
यो समाचार तयार गर्दासम्म संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणका कारण सबै भन्दा बढी ५९ हजार २ सय ६६ ले ज्यान गुमाइसकेका छन्, भने संक्रमितको संख्या १० लाख ३५ हजार ७६५ पुगेको छ । जसमध्ये १ लाख ४२ हजार २ सय ३८ जना निको भइसकेका छन् ।
यसैबीच, इटालीमा ज्यान गुमाउनेको संख्या २७ हजार ३५९ पुगिसकेको छ, भने संक्रमितको संख्या २ लाख १५ हजार ५ पुगेको छ । यसैबीच निको हुनेको संख्या ६८ हजार ९४१ पुगेको छ ।
कोरोना संक्रमणका कारण स्पेनमा २ लाख ३२ हजार १२८ जना कुल सङ्क्रमित भएका छन् भने, २३ हजार ८सय २२को ज्यान गएको छ । निको भएर फर्कनेहरुको संख्या १ लाख २३ हजार ९ सय ३ पुगेको छ ।
फ्रान्समा १ लाख ६५ हजार ९११ जना कुल सङ्क्रमित भएका छन् भने, २३ हजार ६ सय ६० को ज्यान गएको छ । यसैबीच ४६ हजार ८८६ निको भएर फर्किइएका छन् ।
यूकेमा पनि ज्यान गुमाउनेको संख्या २१ हजार ६७८ पुगेको छ, भने १ लाख ६१हजार १६५ जना संक्रमित छन् । इरानमा पनि ज्यान गुमाउनेको संख्या ५ हजार ८ सय ६ पुगेको छ । ९२ हजार ५८४ जना संक्रमितको संख्या पुगेको छ, जसमध्ये पनि ७२ हजार ४ सय ३९ जना निको भइसकेका छन् ।
यसैबीच बेल्जियममा पनि ज्यान गुमाउनेको १० हजार ९४३ पुगेको छ, भने संक्रमितको संख्या ४७ हजार ३३४ पुगेको छ, भने १० हजार ९४३ जना निको भइसकेका छन् ।
त्यस्तै, जर्मनीमा पनि ज्यान गुमाउनेका संख्या ६ हजार ९१४ पुगेको छ । १ लाख ५९ हजार ९ सय १२ संक्रमितको संख्या पुगेको छ, यसैबीच १ लाख १७ हजार ४ सय निको भइसकेका छन् ।

त्यस्तै चीन, टर्की, नेदरल्याण्डस्, ब्राजिल, स्वीट्जरल्यनण्डलगायतमा हजारौंले ज्यान गुमाइसकेका छन् । नेपालमा पनि कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । हालसम्म १६ जना निको भइसकेका छन्, भने बाँकी ३८ जना उपचाररत छन् ।




