रौतहटमा दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५४ पुग्यो

`

     २०७७ वैशाख १६ गते ६:४९

रौतहट,१६ वैशाख। रौतहटमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुबै जनाको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

दुई जनामा कोरोना संक्रमणको पुष्टि भएसंगै नेमालामा संक्रमितको संख्या ५४ पुगेको छ । १६ जना भने निको भएर घर फर्किसकेका छन् । वृन्दावन नगरपालिका भुसहाका २५ वर्षका पुरुष र देवाही गोनाही १ का ३५ वर्षका पुरुषको कोरोना संक्रमण पुष्टि भएको हो ।

३५ वर्षका पुरुष हाल क्वारेन्टाइनमै रहेका छन् । अको संक्रमित भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए । जनकपुरबाट आएको प्रादेशिक टोलीले गरेको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मा नतिजा नेगेटभ देखिएपछि उनलाई घर फर्काइएको थियो ।

अहिले उनको कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितको खोजी सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?