काठमाडौं, १६ वैशाख। भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान जानेको संख्या ९ सय ३९ जना पुगेको छ भने संक्रमितको संख्या २९ हजार ४ सय ५१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्र भारतमा थप ६२ जनाको ज्यान गएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अगाडिको दिनको तुलनामा भारतमा समग्र संक्रमितको संख्या एक हजार ६ सयभन्दा धेरै बढेको छ ।
महाराष्ट्र कोरोना भाइरसको सबै भन्दा प्रभावित क्षेत्र रहेको छ जहाँ तीन सय ६९ जनाको मृत्यु भइसकेको छ भने आठ हजार पाँच सय ९० जना संक्रमित छन् । महाराष्ट्रपछि गुजरात रहेको छ । त्यहाँ अहिलेसम्म एक सय ६२ जनाको ज्यान गएको छ ।

भारतको उत्तर प्रदेशमा अहिलेसम्म एक हजार नौ सय ५५ जनामा यो भाइरसको संक्रमण देखिँदा ३१ जनाको मृत्यु भइसकेको छ ।
भारतको विहारमा तीन सय ४५ जनामा कोरोना भाइरसको संक्रमित फेला परेका छन् । दुई जनाको ज्यान गएको छ ।




