काठमाडौं, १६ वैशाख । विश्वभर महामारीको रुपमा फैलिरहेको प्राणघातक कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ११ हजार ६सय ६ पुगेको छ ।
वल्र्डोमिटर्स इन्फो डटको ताजा अपडेट अनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या ३० लाख ६५हजार ३७४ पुगिसकेको छ, भने ९ लाख २२ हजार ३८९ जना निको भइसकेका छन् ।
यसैबीच, ११ लाख ३३ हजार ९९५ वटा कोरोनाका केसहरु बन्द भइसकेका छन्, भने १९ लाख ३१ हजार ३७९ वटा केसहरु एक्टिभ छन् ।
यो समाचार तयार गर्दासम्म संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणका कारण सबै भन्दा बढी ५६ हजार ७ सय ९७ ले ज्यान गुमाइसकेका छन्, भने संक्रमितको संख्या १० लाख १० हजार ३६५ पुगेको छ । जसमध्ये १ लाख ३८ हजार९ सय ९० जना निको भइसकेका छन् ।
यसैबीच, इटालीमा ज्यान गुमाउनेको संख्या २६ हजार ९७७ पुगिसकेको छ, भने संक्रमितको संख्या १ लाख ९९ हजार ४ सय १४ पुगेको छ । यसैबीच निको हुनेको संख्या ६६ हजार ६२४ पुगेको छ ।
कोरोना संक्रमणका कारण स्पेनमा २ लाख २९ हजार ४२२ जना कुल सङ्क्रमित भएका छन् भने, २३ हजार ५ सय २१ को ज्यान गएको छ । निको भएर फर्कनेहरुको संख्या १ लाख २० हजार ८ सय ३२ पुगेको छ ।
फ्रान्समा १ लाख ६५ हजार ८४२ जना कुल सङ्क्रमित भएका छन् भने, २३ हजार २ सय ९३ को ज्यान गएको छ । यसैबीच ४५ हजार ५१३ निको भएर फर्किइएका छन् ।
यूकेमा पनि ज्यान गुमाउनेको संख्या २१ हजार ९२ पुगेको छ, भने १ लाख ५७ हजार १५७ जना संक्रमित छन् । इरानमा पनि ज्यान गुमाउनेको संख्या ५ हजार ८ सय ६ पुगेको छ । ९१ हजार ४७२ जना संक्रमितको संख्या पुगेको छ, जसमध्ये पनि ७० हजार ९ सय ३३ जना निको भइसकेका छन् ।
यसैबीच बेल्जियममा पनि ज्यान गुमाउनेको ७ हजार २०७ पुगेको छ, भने संक्रमितको संख्या ४६ हजार ६८७ पुगेको छ, भने १० हजार ८७८ जना निको भइसकेका छन् ।

त्यस्तै, जर्मनीमा पनि ज्यान गुमाउनेका संख्या ६ हजार १२६ पुगेको छ । १ लाख ५ ८ हजार ७ सय ५८ संक्रमितको संख्या पुगेको छ, यसैबीच १ लाख १४ हजार ५ सय निको भइसकेका छन् ।
त्यस्तै चीन, टर्की, नेदरल्याण्डस्, ब्राजिल, स्वीट्जरल्यनण्डलगायतमा हजारौंले ज्यान गुमाइसकेका छन् ।
नेपालमा पनि कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । हालसम्म १६ जना निको भइसकेका छन्, भने बाँकी ३६ जना उपचाररत छन् ।




