advertisement

भारतको उत्तर प्रदेशमा अहिलेसम्म एक हजार आठ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण देखिँदा २९ जनाले ज्यान गुमाएको छ । त्यस्तै बिहारमा दुई सय ७४ जनामा यो भाइरसको संक्रमण देखिएको छ भने दुई जनाको ज्यान गएको छ ।

" /> भारतमा कोरोनाबाट ज्यान जनाको संख्या ८ सय ८४, संक्रमित २७ हजार आठ सय ९२ - Sarbocha Media

भारतमा कोरोनाबाट ज्यान जनाको संख्या ८ सय ८४, संक्रमित २७ हजार आठ सय ९२

`

     २०७७ वैशाख १५ गते ४:५३

काठमाडौं, १५ वैशाख। भारतमा कोरोना भाइरसबाट ८ सय ८४ जनाको ज्यान गएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा मात्र ४८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा करिब एक हजार चार सय नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या २७ हजार आठ सय ९२ पुगेको छ ।

कोरोनाबाट भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रहो । त्यहाँ अहिलेसम्म कोरोना भाइरसको कारण ३४२ जना मानिसको मृत्यु भइसकेको छ भने आठ हजार ६८ जना संक्रमित भइसकेका छन् । त्यस्तै गुजरातमा अहिलेसम्म एक सय ५१ जनाको मृत्यु भइसकेको छ । मध्यप्रदेशमा पनि एक सय तीन जनाको मृत्यु भएको छ ।

advertisement

भारतको उत्तर प्रदेशमा अहिलेसम्म एक हजार आठ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण देखिँदा २९ जनाले ज्यान गुमाएको छ । त्यस्तै बिहारमा दुई सय ७४ जनामा यो भाइरसको संक्रमण देखिएको छ भने दुई जनाको ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?