प्रकाशित मितिः १३ वैशाख, २०७७ ।
विवश छौँ आज हामी
घरमै कोचिएर सारा कर्म गर्न
न त चाहिएको छ बाइक, गाडी
न त ठूलाठूला व्यावसायिक कर्म ।
आखिर बाँच्न त सकिँदो रहेछ
म:म, पीज़ा, चाउमिन नभई
न त ज्यानै जाने रहेछ हाम्रो
थिएटर, होटेल, प्ले हाउस नगई ।
चारैतिर हरियाली छाएको छ
मानिसका दूषित कार्य बिना
तर सम्झना भने आउँदो रहेछ
साथीहरू सँगको रमाइलो दिन ।
बुझेकै थिएनौँ यहाँ हामीले
धर्ती मातामा ठुलो बोझ परेको
अझै हाम्रा यी कुकर्मले सधैँ
कोमल हृदय रुने गरेको ।

कस्तो मतलबी रहेछ यो संसार
स्वार्थीपनले मुग्ध बेरिएको
देख्न चाहन्छु यहॉं हाम्रै सुकर्मले
यो दुनियाँको मुहार फेरिएको ।।



