advertisement

कस्तो मतलबी रहेछ यो संसार
स्वार्थीपनले मुग्ध बेरिएको
देख्न चाहन्छु यहॉं हाम्रै सुकर्मले
यो दुनियाँको मुहार फेरिएको ।।

अभिषेक सुबेदी
कक्षा-१०,
कञ्चनजङ्घा अंग्रेज़ी माध्यमिक विद्यालय
बिर्तामोड-४, झापा
" /> मतलबी संसार (कविता) - Sarbocha Media

मतलबी संसार (कविता)

`

     २०७७ वैशाख १३ गते ३:५१

 

प्रकाशित मितिः १३ वैशाख, २०७७ ।

विवश छौँ आज हामी
घरमै कोचिएर सारा कर्म गर्न
न त चाहिएको छ बाइक, गाडी
न त ठूलाठूला व्यावसायिक कर्म ।

आखिर बाँच्न त सकिँदो रहेछ
म:म, पीज़ा, चाउमिन नभई
न त ज्यानै जाने रहेछ हाम्रो
थिएटर, होटेल, प्ले हाउस नगई ।

चारैतिर हरियाली छाएको छ
मानिसका दूषित कार्य बिना
तर सम्झना भने आउँदो रहेछ
साथीहरू सँगको रमाइलो दिन ।

बुझेकै थिएनौँ यहाँ हामीले
धर्ती मातामा ठुलो बोझ परेको
अझै हाम्रा यी कुकर्मले सधैँ
कोमल हृदय रुने गरेको ।

advertisement

कस्तो मतलबी रहेछ यो संसार
स्वार्थीपनले मुग्ध बेरिएको
देख्न चाहन्छु यहॉं हाम्रै सुकर्मले
यो दुनियाँको मुहार फेरिएको ।।

अभिषेक सुबेदी
कक्षा-१०,
कञ्चनजङ्घा अंग्रेज़ी माध्यमिक विद्यालय
बिर्तामोड-४, झापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?