बागलुङ, १३ बैशाख । बागलुङकी अंशु सापकोटाले पनि कोरोनालाई जितेकी छिन् ।
१९ वर्षीया सापकोटाको शुक्रबार छैटौँपटकको कोरोना परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको हो।

गत चैत १५ मा सापकोटालाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपश्चात् उनलाई धौलागिरि अञ्चल अस्पतालको आइसोलेसन कक्षमा राखेर उपचार गरिरहेको थियो ।




