काठमाडौं, ११ वैशाख। कोरोना भाइरसको महामारीमा राजनीतिक दलहरु भने पार्टी जोड्ने र फुटाउनेमा नै व्यस्त छन् । यसैक्रममा समाजवादी र राष्ट्रिय जनता पार्टीबीच पार्टी एकता गर्ने भएको छ ।
पार्टी एकताको लागि राजपा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीको निवासमा बुधबार साँझ दुवै पार्टीका चार–चार जना नेताले हस्ताक्षर गरेका छन् ।

नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ रहने छ भने झण्डा समाजवादीको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुनेछ । चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता हुनेछ ।
सरकारले सोमबार मात्र पार्टी फुटाउन सहज बनाउने गरी अध्यादेश ल्याएको थियो ।




