काठमाडौं, १० बैशाख । विश्वभर महामारीको रुपमा फैलिरहेको प्राणघातक कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ८४ हजार ४ सय १८६ पुगेको छ ।
वल्र्डोमिटर्स इन्फो डटको ताजा अपडेट अनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या २६ लाख ३६ हजार ९८९ पुगिसकेको छ, भने ७ लाख १६ हजार ६ सय १९ निको भइसकेका छन् । यसैबीच, ९ लाख १ हजार ८०५ वटा कोरोनाका केसहरु बन्द भइसकेका छन्, भने १७ लाख ३५हजार १८४ वटा केसहरु एक्टिभ छन् ।
यो समाचार तयार गर्दासम्म संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणका कारण सबै भन्दा बढी ४७ हजार ६सय ६३ ले ज्यान गुमाइसकेका छन्, भने संक्रमितको संख्या ८ लाख ४८ हजार ७३५पुगेको छ । जसमध्ये ८२ हजार ९ सय २३ जना निको भइसकेका छन् ।
यसैबीच, इटालीमा ज्यान गुमाउनेको संख्या २५ हजार ८५पुगिसकेको छ, भने संक्रमितको संख्या १ लाख ८७ हजार ३ सय २७ पुगेको छ । यसैबीच निको हुनेको संख्या ५४ हजार ५४३ पुगेको छ ।
कोरोना संक्रमणका कारण स्पेनमा २१ हजार ७ सय १७ को ज्यान गइसकेको छ, भने संक्रमितको संख्या २ लाख ८ हजार ३८९पुगिसकेको छ । निको भएर फर्कनेहरुको संख्या ८५ हजार ९ सय १५ पुगेको छ ।
फ्रान्समा १ लाख ५९ हजार ८८७ जना कुल सङ्क्रमित भएका छन् भने, २१ हजार ३ सय ४० को ज्यान गएको छ । यसैबीच ४० हजार ७५७ निको भएर फर्किइएका छन् ।

यूकेमा पनि ज्यान गुमाउनेको संख्या १८ हजार १सय पुगेको छ, भने १ लाख ३३हजार ४९५ जना संक्रमित छन् ।
इरानमा पनि ज्यान गुमाउनेको संख्या ५ हजार ३ सय ९१ पुगेको छ । ८५ हजार ९९६ जना संक्रमितको संख्या पुगेको छ, जसमध्ये पनि ६३ हजार १ सय १३ निको भइसकेका छन् ।
यसैबीच बेल्जियममा पनि ज्यान गुमाउनेको ६ हजार २ सय ६२ पुगेको छ, भने संक्रमितको संख्या ४१ हजार ८८९ पुगेको छ, भने ९ हजार ४३३ निको भइसकेका छन् ।
त्यस्तै, जर्मनीमा पनि ज्यान गुमाउनेका संख्या ५ हजार ३१५ पुगेको छ । १ लाख ५० हजार ६ सय ४८ संक्रमितको संख्या पुगेको छ, यसैबीच ९९ हजार ४०० निको भइसकेका छन् ।
त्यस्तै चीन, टर्की, नेदरल्याण्डस्, ब्राजिल, स्वीट्जरल्यनण्डलगायतमा हजारौंले ज्यान गुमाइसकेका छन् ।
नेपालमा पनि कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । हालसम्म ४ जना निको भइसकेका छन्, भने बाँकी ३८ जना उपचाररत छन् ।




