काठमाडौं, १० बैशाख। कोरोना भाइरसबाट भारतमा हालसम्म ६ सय ४५ जनाको ज्यान गएको छ भने संक्रमितको संख्या २० हजार ८० पुगेको छ ।
अहिलेसम्म भारतमा तीन हजार ९ सय ९७ संक्रमित निको भएर घर फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट भारतमा ५० जनाको ज्यान गएको छ भने एक हजार तीन सय ८४ जना नयाँ संक्रमित फेला परेका छन् ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म दुई सय ५१ जनाले कोरोना भाइरसको कारण ज्यान गुमाइसकेका छन् । त्यस्तै गुजरातमा ९०, मध्यप्रदेशमा ७६, दिल्लीमा ४७ जनाको ज्यान गइसकेको छ ।
भारतको उत्तर प्रदेशमा संक्रमित हुनेको संख्या एक हजार दुई सय ९४ पुगेको छ भने २० जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै बिहारमा एक सय २६ संक्रमित देखिएका छन् भने दुईजनाको मृत्यु भइसकेको छ ।




