काठमाडाैं, ८ वैशाख । सरकारले सहजै पार्टी फुटाउन मिल्नेगरी अध्यादेश अघि बढाएका बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं पूर्वगृहमन्त्री जनार्दन शर्माले सरकारको निर्णयले पार्टी फुटाउन खोजेको आशंका गरेका छन् ।
सोमबार दिउँसो सरकारले अध्यादेश ल्याउने निर्णय गरेसँगै शर्माले यस्तो आशंका व्यक्त गरेका हुन् । उनले ट्वीटरमा लेखेका छन्, ‘दुई तिहाई बहुमत आफैसँग हुँदाहुँदै अरु पार्टी फुटाउन किन आवश्यक भयो? कतै…!’





