काठमाडौं, ८ बैशाख । कोरोना भाइरसबाट अफगानिस्तानको राष्ट्रपति कार्यालयमा दर्जनौँ कर्मचारी संक्रमित भएका छन् ।
यसअघि २० जनामा सङ्क्रमण देखिएको बताइए पनि सङ्क्रमित हुनेको सङ्ख्या ४० पुगेको आइतवार द न्यूयोर्क टाइम्सले जनाएको । अफगानिस्तानको सरकारले यसबारे कुनै प्रतिक्रिया नजनाएको बताइएको छ । र, स्वयं राष्ट्रपति असरफ गनीमा पनि सङ्क्रमण देखिएको छ वा छैन भन्ने कुनै खबर छैन।
कोरोनाभाइरसबाट राष्ट्रपति कार्यालयमा २० जना सङ्क्रमित भएको जनाइएको छ । यद्यपि, मानिसहरू नआत्तिऊन् भन्ने सुनिश्चित गर्न यसलाई बाहिर नल्याइएको एक सरकारी अधिकारीले शनिवार एएफपी समाचार संस्थालाई बताएका छन् ।

वल्र्डाे मिटर इन्फोका अनुसार अफ्गानिस्थानमा हालसम्म ९९६ जना संक्रमित रहेका छन् भने ३३ जनाले ज्यान गुमाएका छन् ।




