advertisement

सञ्जयले हत्या गर्ने नियतले नभई छोरीलाई तर्साउने उद्देश्यले घाँटी थिच्दा उनको मृत्यु भएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताएको छ ।

" /> वीरगञ्जमा आफ्नै ७ वर्षकी छोरीको हत्य गरेको अभियोगमा बाबु प्रहरी नियन्त्रणमा - Sarbocha Media

वीरगञ्जमा आफ्नै ७ वर्षकी छोरीको हत्य गरेको अभियोगमा बाबु प्रहरी नियन्त्रणमा

`

     २०७७ वैशाख ०८ गते ४:२४

वीरगञ्ज, ८ वैशाख। वीरगञ्जमा आफ्नै ७ वर्षकी छोरीको हत्य गरेको अभियोगमा बाबुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

छोरी हत्य गरेको अभियोगमा नियन्त्रणमा लिएको बाबु वीरगञ्ज महानगरपालिका–१ छपकैयाका २९ वर्षका सञ्जय सर्राफ भन्ने सञ्जयकुमार साह सोनार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार छोरीको हत्या गरेको तथ्य खुलेको छ । छोरीको घाँटी थिचेर हत्या गरेको र कसुरबाट बच्न आत्महत्या जस्तो वरदात बनाएको खुल्न आएको जनाइएको छ । सो घटनामाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

बालिकाले घरको माथिल्लो कोठाको भित्तामा गाडिएको किलामा सलले पासो लगाई आत्महत्या गरेको खबर प्रहरीलाई दिएको थियो । तर सञ्जयलाई पक्राउ गरी अनुसन्धान गर्दै जाँदा छोरीको हत्या भएको तथ्य खुलेको हो ।

advertisement

सञ्जयले हत्या गर्ने नियतले नभई छोरीलाई तर्साउने उद्देश्यले घाँटी थिच्दा उनको मृत्यु भएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?