advertisement

अहिलेसम्म भारतमा दुई हजार चार सय ६६ संक्रमित निको भइसकेका छन् भने १३ हजार ३ सय ७८ जनामा भाइरस सक्रिया छ ।

" /> भारतमा कोरोनाबाट ज्यान जानेको संख्या पाँच सय २१, संक्रमित १६ हजार ३ सय ६५ - Sarbocha Media

भारतमा कोरोनाबाट ज्यान जानेको संख्या पाँच सय २१, संक्रमित १६ हजार ३ सय ६५

`

     २०७७ वैशाख ०७ गते ६:४५

काठमाडौं, ७ बैशाख । भारतमा कोरोना भाइरसबाट ज्यान जानेको संख्या पाँच सय २१ पुगेको छ।

भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म कोरोना भाइरसको कारण पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट २७ जनाको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा एक हजार तीन सयभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । यससँगै भारतमा समग्र संक्रमितको संख्या पनि १६ हजार ३ सय ६५ पुगेको छ ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म दुई सय ११ जनाको कोरोना भाइरसको कारण ज्यान गएको छ । त्यस्तै मध्यप्रदेशमा ७०, गुजरातमा ५३, दिल्लीमा ४२ जनाले ज्यान गुमाइसकेका छन् ।

भारतको उत्तर प्रदेशमा अहिलेसम्म नौ सय ६९ संक्रमित देखिएका छन् भने १४ जनाको मृत्यु भइसकेको छ । त्यस्तै बिहारमा ८६ संक्रमित देखिएका छन् भने दुई जनाको ज्यान गइसकेको छ ।

advertisement

अहिलेसम्म भारतमा दुई हजार चार सय ६६ संक्रमित निको भइसकेका छन् भने १३ हजार ३ सय ७८ जनामा भाइरस सक्रिया छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?