काठमाडौं, ७ बैशाख । काठमाडौं उपत्यकामा तरकारी तथा फलफूलका लागि थप तीन ठाउँ थपिएको छ ।
थप तीन स्थानसंगै काठमाडौं महानगरपालिकाको समन्वयमा उपत्यकाका आठ स्थानबाट तरकारीको थोक बिक्री सुरु भएको हो।
तीन वटा पार्टी प्यालेसबाट पनि तरकारी बिक्री सुरु हुँदै छ । ती ठाउँमा अहिले बिजुलीको समस्या देखिएको र बत्ती जडान हुनासाथ बिक्री सुरु गरिनेछ । बिहान २ देखि ८ बजेसम्म खुल्ने समय तोकिएको छ।
उपत्यकाका ११ स्थानबाट तरकारीको थोक बिक्री सुरु गर्न लागिएको जनाइएको छ । ६ ठाउँमा कालीमाटी फलफूल तथा तरकारी बजार, चार ठाउँमा बल्खु र एक ठाउँमा गैरआवासीय नेपाली संघअन्तर्गतको मुना कृषि लिमिटेडले तरकारी बिक्री गर्ने जिम्मा लिएका छन्।

मदननगर, कलंकी, बाफलचोक, स्वयम्भूचोक, वनस्थली र नवदुर्गा पार्टी प्यालेसमा कालीमाटीका व्यवसायीले तरकारी बिक्रीको व्यवस्थापन गर्नेछन्।
लैनचौर, अस्थायी बसपार्क रत्नपार्क, तीनकुने र कोटेश्वरमा बल्खुका व्यवसायीले व्यवस्थापन गर्नेछन् । बाफल, मदननगर, चाबहिल र बसुन्धरामा बिक्री सुरु भएको छैन।




