advertisement

कोरोनाको उद्गम स्थल चीन भने अहिले १ हजार ४१ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७७ हजा २ को पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार ७३५ जनामा कोरोनाको संक्रमण देखिएको छ । ज्यान जानेको संख्या ४ हजार ६३२ रहेका छन् ।

" /> विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार ७५८, संक्रमित २३ लाख ३१ हजार २ - Sarbocha Media

विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार ७५८, संक्रमित २३ लाख ३१ हजार २

`

     २०७७ वैशाख ०७ गते २:५८

काठमाडौं,६ वैशाख । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार ७५८ पुगेको छ ।

विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार  संक्रमितको संख्या भने २३ लाख ३१ हजार २ पुगेको छ । विश्वभर ५५हजार २६५ जनाको अवस्था गम्भिर रहेको छ ।

अमेरिकामा कोरोना महामारी एकदम तीव्र गतिमा फैलिरहेको छ । आज बिहानसम्ममा अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ७ लाख ३८ हजार ८३०पुगिसकेको छ, भने ३९ हजार १४ जनाले ज्यान गुमाइसकेका छन् । ६८ हजार २ सय ८५ जना निको भएको तथ्यांकमा उल्लेख छ । १३ हजार ५५१ जनाको अवस्था गम्भीर रहेको छ ।

अमेरिकापछि कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुनेमा इटाली पर्छ । अहिलेसम्म इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २३ हजार २२७ पुगेको छ । अहिलेसम्म त्यहाँ १ लाख ७५ हजार ९ सय २५ कोरोनाको संक्रमित भएका छन् । संक्रमितमध्ये ४४ हजार ९२७ पूर्णरूपमा निको भइसकेका छन् ।

कोरोनाले भयावह पारेको अर्को देश हो, स्पेन । स्पेनमा इटालीमा भन्दा पनि बढी संक्रमित छन् । अहिलेसम्म स्पेनमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४१६ पुगेको छ । स्पेनमा कोरोनाका कारण २० हजार ६३९ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ७४ हजार ७९७ पूर्णरूपमा निको भएका छन् । अहिले त्यहाँ ९८ हजार ९८० मा कोरोना सक्रिय रहेको छ । तीमध्ये ७ हजार ३७१ जनाको अवस्था भने गम्भीर रहेको छ ।

कोरोना संक्रमण हुने देशमा चीनभन्दा अगाडि जर्मनी, फ्रान्स र बेलायत पनि रहेको छ । फ्रान्समा अहिलेसम्म कोरोना संक्रमितको संख्या १ लाख ५१ हजार ७९३ छ भने मृत्यु हुनेको संख्या १९ हजार ३२३ पुगेको छ । अहिले त्यहाँ ९६हजार ४८७ जनामा कोरोना संक्रिय रहेको छ । तीमध्ये ५ हजार ८३३ अवस्था भने गम्भीर रहेको छ ।

यता जर्मनीको अवस्था पनि उस्तै छ । अहिलेसम्म जर्मनीमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ४३ हजार ७२४ नाघेको छ । मृत्यु हुनेको संख्या भने ४ हजार ५३८ पुगेको छ ।

अहिले जर्मनीमा संक्रमितमध्ये ८५ हजार ४००भने पूर्णरुपमा निको भइसकेका छन् । चीनपछि सबैभन्दा बढी पूर्णरुपमा निको हुनेमा जर्मनी नै पर्छ ।

कोरोनाले सताएको अर्को देश हो बेलायत । अहिलेसम्म बेलायमा कोरोनाका कारणा १५हजार ४६४ जनाको ज्यान गइसकेके छ । संक्रमितको संख्या भने १ लाख १४ हजार २१७ पुगेको छ । त्यहाँ अहिले ९८ हजार ४०९मा कोरोना सक्रिय रहेको छ ।

advertisement

कोरोनाको उद्गम स्थल चीन भने अहिले १ हजार ४१ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७७ हजा २ को पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार ७३५ जनामा कोरोनाको संक्रमण देखिएको छ । ज्यान जानेको संख्या ४ हजार ६३२ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?