सर्लाही, ६ बैशाख । सर्लाहीमा १४ वर्षीय बालकमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको
छ । र्यापीड टेष्ट गर्दा उनमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको हो ।
सर्लाहीको धनकौल गाउँपालिकाको क्वारेन्टाईनमा रहेका ती बालकमा र्यापीड टेष्ट गर्दा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको तर उनीसंगै क्वारेन्टाईनमा रहेका अर्का एकजनामा भने कोरोना संक्रमण नदेखिएको जनाइएको छ ।

कोरोना पोजेटिभ देखिएका ती बालकलाई राति नै जनकपुरधाम बताइएको छ।




